© 2023
कञ्चनपुर। सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुग्नुभयो । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुग्नुभएका उहाँ काम गर्नुको सट्टा बन्धक हुनुभयो । सुरुआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट रु ४० हजार मागियो । प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतैजान दिइएन ।