© 2023
काठमाडौं। अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच "याद आएर हिजो" गीत सार्वजनिक गरिएको छ। उक्त गीत V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। श्रीकृष्ण बम मल्लको शब्द/संगीत रहेको गीतमा हिमाल सागर र शान्ती श्री परियारको स्वर रहेको छ ।