© 2023
काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । ५६ वर्षीय न्यायाधीश मरासिनीको हृदयघातको कारण निधन भएको हो । मङ्गलवार बिहान घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजे निधन भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले बताए ।