© 2023
रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित जिल्लाका विभिन्न प्रभावित क्षेत्रबाट ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढीपछि हिजोदेखि हाइड्रोपावरको टनेलभित्र ठूलो संख्यामा मानिसहरू फसेको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे व्यापक चिन्ता उत्पन्न भएको थियो। प्रतिकूल मौसम, तीव्र बाढीको