७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर

काठमडौँ। सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ। आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे। डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो ।