७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फूड पोइजनिङको शिकार भएर अस्पताल भर्ना भइन् अभिनेत्री जान्हवी कपूर

एजेन्सी । बलिउड अभिनेत्री जान्हवी कपूर खानामा विषाक्तता (फूड पोइजनिङ)का कारण मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । यसको पुष्टि उनका बुबा बोनी कपुरले गरेका छन् । एनडीटीभीसँग कुरा गर्दै बोनीले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताए । त्यसपछि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।