© 2023
तेहरान। इरानका विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’को व्यवस्थापन तथा जलमार्ग सञ्चालनबारेओमानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको मङ्गलबार बताउनुभएको छ । इरानी विदेश मन्त्रालयका अनुसार, जापानी विदेशमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा अराघचीले ‘स्ट्रेट अफ होर्मुज’बारे इरान र ओमानबीच जारी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै महत्वपूर्ण प्रगति भएको बताएको हो