२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

अवैध काठसहित तीन पक्राउ

अवैध काठसहित तीन पक्राउ
अ अ+ अ-

बनेपा । प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयल काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।

सोही क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा८च ३१३ नं गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा गाडीसहित नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेका पाँचखाल–४ बस्ने प्रकाश सुनारलाई गाडीमा ल्याएको विभिन्न नाप साइजको चिरान १५ थान (४७.६५५ क्युफिट)  काठसहित पक्राउ गरिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा भकुण्डेबेँसीबाट धुलिखेलतर्फ आइरहेको बा२०च २३०७ टाटामोबाइल र बा२०च ८७४९ महेन्द्रा बोलेरो गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध उत्तीस र सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

सो क्रममा पनौती नगरपालिका–४ बस्ने रामकृष्ण काफ्ले र ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका रेशम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । विभिन्न नाप साइजका चिरान काठ ४० थान (३७.५२) क्युफिट र विभिन्न नाप साइजका चिरान लिष्टी गरी १७७.५ क्युफिट गरी २०९.६३ क्युफिट काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । नियन्त्रणमा लिइएका गाडी, काठ र पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनएको छ ।