२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

अनेरास्ववियु मेरो पहिलो विश्वविद्यालयः महेश बर्तौला

अनेरास्ववियु मेरो पहिलो विश्वविद्यालयः महेश बर्तौला
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । उहाँ अनेरास्ववियुको इतिहासमा तेस्रो महिला अध्यक्ष समेत हुनुहुन्छ । 

यसैबीच अनेरास्ववियुबाट उपाध्यक्ष महेश बर्तौला बिदा हुनुभएको छ । उहाँ अनेरास्ववियुको चर्चित नाम हो । उहाँले यस संगठनमा विभिन्न पद र जिम्मेवारीमा रहँदै करिब २५ वर्षको यात्रालाई बिट मार्नुभएको छ । 

अध्यक्षको प्रमुख दाबेदारको रुपमा उहाँ चर्चामा हुनुहुन्थ्यो । पूर्वउपाध्यक्ष बर्तौलाले अनेरास्ववियुबाट बिदा हुँदै अनेरास्ववियु आफ्नो पहिलो विश्वविद्यालय रहेको बताउनुभएको छ ।

विं.सं. २०४० पौष २९ गते मकवानपुरको नाम्टारमा जन्मनुभएका बर्तौलाले २०५३ सालमा श्री कालिका माविमा कक्षा ७ मा अध्ययनरत रहँदा प्रारम्भिक कमिटी को अध्यक्ष को जिम्मेवारी सहित अनेरास्ववियुमा संगठित हुनुभएको हो । 

यसैगरी अनेरास्ववियु मकवानपुर को जिल्ला सदस्य, सचिव हुँदै दुइपटक जिल्ला अध्यक्ष हुनुभएको उहाँ काठमाडौं उपत्यका बाहिर को सामुदायिक कलेज हरुमा ठुलो कलेज मकवानपुर बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन मा २०६२ र २०६५ मा सभापतिमा निर्वाचित हुनुभयो । 

यस्तै २०६६ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपाल केन्द्रिय संयोजक मा निर्वाचित भई अनेरास्ववियु नारायणी अञ्चल कमिटीको उपाध्यक्षमा रही अनेरास्ववियु मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख हुँदै दुई पटक केन्द्रिय सचिवालय सदस्य , सचीव  हुँदै हाल उपाध्यक्षबाट उहाँले विदा लिनुभएको छ । 

नेकपा एमाले पार्टीमा पनि उहाँसँग २०६३ सालमा नेकपा एमाले मकवानपुर को जिल्ला कमिटी सदस्यमा निर्वाचित, २०६५ मा बुटवल मा भएको नेकपा एमाले को आठौं राष्ट्रिय महाधिवेशन मा सबैभन्दा कान्छो प्रतिनिधिको रूपमा  मकवानपुरबाट निर्वाचित भई २०७७ सालमा नेकपा को केन्द्रिय सदस्य को जिम्मेवारीको रुपमा काम गरेको अनुभव छ । 

कानुन विषयमा स्नातक तह उतिर्ण गर्नुभएको उहाँ अधिवक्ता समेत हुनुहुन्छ । यस्तै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र राजनीति शास्त्र मा मास्टर्स डिग्री (स्नातकोत्तर ) उतिर्ण भई उहाँ हाल त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एमफिल पिएचडी अध्ययन गर्दै हुनुहुन्छ । 

उहाँले अनेरास्ववियुको २५ वर्षको यात्रालाई बिदाई गर्दै सामाजिक सञ्जालमार्फत साथ समर्थन र सहयोग पुर्याउनुहुने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै यसरी स्मरण गर्नुभएको छ –