२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कञ्चनजङ्घाको पर्यटनः करोडौंको लगानी सङ्कटमा

कञ्चनजङ्घाको पर्यटनः करोडौंको लगानी सङ्कटमा
अ अ+ अ-

फुङ्लिङ । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजङ्घा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा परेको छ । पर्यटन प्रवद्र्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत सङ्कटमा परेका हुन् ।

नेपालको पर्यटकीय क्षेत्रमध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो । ताप्लेजुङमा दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङघा बेस क्याम्प अवलोकन गर्न विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । अर्को विश्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । 

कञ्चनजङघा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीयस्थल  हुन् । पाथीभरा क्षेत्रमा अहिले बिस्तारै धार्मिक पर्यटकरुको चहलपहल सुरु भएसँगै पाथीभरा क्षेत्रमा लामो समयदेखि बन्द रहेको होटल खुल्न थालेका छन् । तर कञ्चनजङघामा भने लाखौँ खर्च गरेर पर्यटकका लागि बनाइएको पर्यटकीय आवास अहिलेसम्म खुल्न सकेको छैन् ।  

कञ्चनजङघा क्षेत्रमा पर्यटकीय आवसका लागि बनाइएको पर्यटन आवस सुनसान छ । कञ्चनजङघा आधार शिविर अर्थात् लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैराम जस्ता समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्ने स्थानको मुख्य व्यवसाय पर्यटन हो । प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ । यस क्षेत्रका घरपरिवारले कञ्चनजङघा क्षेत्र आउनुहुने विदेशी पर्यटकहरुका लागि विभिन्न स्थानमा होटलहरु सञ्चालन गरेर आयआर्जन गर्दै आएको पर्यटन व्यवसायीहरु अहिले समस्या भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पेमा शेर्पाले बताउनुभयो । 

कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ ।  समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटलहरु सञ्चालनमा रहेको चेम्जोङले बताउनुभयो । कोरोनाको कारणले पर्यटक नआएपछि  सबै होटल दुई वर्षदेखि बन्द भएकोे छ । लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणले पर्यटकहरु आउन नसकेपछि बन्द भएको हो ।
    
विगतका वर्षहरुमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटकहरु खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ । दुई वर्षदेखि कोरोनाका कारणले कञ्चनजङघा हिमाल जाने पर्यटक शून्य छ । गत वर्ष १२ जान विदेशी पर्यटक आएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । 

गत २०७६/७७ सालमा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा उल्लेख छ ।  सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएको तथ्याङ्क छ । आन्तरिक पर्यटक १६ पुरुष र नौ महिला कञ्चनजङ्घा हिमालका अवलोकन गर्न पुगेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिनुभयो । कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ सालमा पुग्न सकिन्छ । २०५६ सालमा ७९९ जना विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा ८७३ विदेशी पर्यटक आएको छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ । (रासस, दिलकुमार लिम्बू)