१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ । 

उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थितीमा उहाँले सपथ लिनुभयो । 

उहाँले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्ने कार्यक्रम छ भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।