२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

युनिलिभर नेपाल लिमिटेडलाई थप अनुसन्धान सुरु

युनिलिभर नेपाल लिमिटेडलाई थप अनुसन्धान सुरु
अ अ+ अ-

वीरगन्ज । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

यस अगावै उद्योग परिषरमा म्याद गुज्रेको चियापत्ती बरामद भएको विषयलाई लिएर खाद्य तथा गुण नियन्त्रण विभागले थप अनुसन्धान गर्न निर्देशन दिएपछि सोका लागि एकजना खाद्य निरीक्षकलाई अनुसन्धान अधिकारीका रुपमा तोकेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । 
 
यद्यपि तोकिएको अनुसन्धान अधिकारीको नाम गोप्य राखिएको छ । अनुसन्धानका क्रममा कुनै दबाब र प्रभाव नपरोस् भन्ने उद्देश्यले अनुसन्धान अधिकारीको नाम सार्वजनिक नगरिएको खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुरका प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।  यस अगावै स्थानीय प्रशासनको नेतृत्वमा उद्योग परिसरमा छापा मारेर म्याद गुज्रिएको चियापत्ती  बरामद गरेपछि त्यसको लेभलबारे थप  अनुसन्धानका लागि खाद्य तथा गुण नियन्त्रण विभागमा जाँच गर्नका लागि पठाइएको थियो ।
 
विसं २०१९ मा उत्पादित चियापत्ती सन् २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नुपर्ने जनाएको छ । यद्यपि फेला परिएको चियापत्ती  म्याद गुज्रिएको डेढ वर्ष भइसकेको चिया पुनः रिप्याकेजिङ गर्नु उपभोक्तामाथिको ठगी रहेको भन्दै सिलबन्दी गरिएको थियो । नेपाली आम जनताको भान्सामा बहुराष्ट्रिय कम्पनीको विश्वासका साथ प्रयोग गर्दै आएकामा यसले उद्योगको उत्पादनमाथि नै प्रश्न उठेको र नेपाली उपभोक्तालाई ठगी गरिरहेको उपभोक्ताकर्मीहरुको भनाइ छ ।
 
बहुराष्ट्रिय कम्पनी युनिलिभरमा ३२ टन म्याद गुज्रिएको  चियापत्ती  बरामद गरेपछि स्थानीय प्रशासनले यही भदौ १७ गते सिल गरिएको थियो । हेटौँडा–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ती प्लान्टमा स्थानीय प्रशासनले सिल गरेको थियो । युनिलिभरमा ३२ टन चियापत्तीमा सिल गरिए पनि अरूसमेत गरेर म्याद गुज्रिएको तीन हजार बोरा चियापत्ती रहेको छ ।
 
भारतबाट आयात गरिएको म्याद गुज्रिएको ९डेट एक्स्पायर० चियापत्तीलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्रान्डमा बजार पठाउने गरेको फेला पारिएसँगै सिल गरिएको थियो । विशेष सूचनाका आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लान्टमा अनुगमन गरेको बताइएको छ ।
 
अनुगमनका क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९२० बोरा ९३२ टन २०० केजी० अन्य कम्पनीका मिश्रित चियापत्ती तीन हजार बोराभन्दा बढी चियापत्ती फेला पारिएको थियो । युनिलिभरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाका प्रमुख  रिजालसहितको टोलीले चियापत्ती उत्पादन गर्ने उद्योगमा सिल गरिएको थियो । 
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्नका लागि परेको अभियोगमा मुद्दा अघि बढाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ साल कात्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ । यसअघि मकवानपुरमा हुने गरेको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएको सामग्री सोझै नष्ट गर्ने गरेको थियो ।
 
युनिलिभरका म्याद गुज्रिएको  चियापत्ती नष्ट नगरी परीक्षणका लागि विभाग पठाउनुले यो विषयलाई कमजोर बनाउन लागेको उपभोक्ताकर्मीको आरोप रहेको छ । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुरले मुद्दालाई थप बलियो बनाउन परीक्षण गर्न लागिएको दाबी गरेको छ । (रासस)