२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने

बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने
अ अ+ अ-

बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । 

यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले जानकारी दिनुभयो । नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत् सो बिषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आवेदन माग गरेका छौँ । आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ ।” 

अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा बारबार्दिया नगरपालिका घोषित भएको हो । त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पछाडि पारिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ । जनतासँग नगरप्रमुख, विद्यार्थीसँग नगरप्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शत्प्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।

त्यस्तैगरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रमुख गोसाईंले भन्नुभयो, “घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कपीकिताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सयजना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ ।”

नगरपालिकाले मुक्तकमैया, सुकुम्बासी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हो । बारबर्दिया नगरपालिकाले शहीद विष्णु धनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । वन विज्ञान विषयका लागि अनुमति पाइसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, आठ जनाले ७५ र तीन जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट थप ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेको नगरपालिकाले जनाएको छ । पढ्नकै लागि पालिकाका विद्यार्थी बाहिर जान नपरोस् भन्ने हेतुले नगरपालिका तथा सङ्घीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको प्रमुख गोसार्ईंले भन्नुभयो । पालिकाले ११७ जना शिक्षक व्यवस्थापन र प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ । कूल बालबालिकामध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको नगरपालिकाले जनाएको छ । (रासस)