२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

नेकपा एसले भोलिमात्र महासचिवको टुंगो लगाउने

नेकपा एसले भोलिमात्र महासचिवको टुंगो लगाउने
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँचवटा समुह बनाइ समुहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समुह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समुह नं. १ बाट रामकुमार झाँक्री, समुह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समुहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । 

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताउनुभएको प्रचार विभाव प्रमुख खतिवडाले जानकारी दिनुभयो । आफुहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँले प्रष्टिकरण दिदैँ भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ । आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो । 

त्यसलाई बिरुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहान्छौँ । जबजका सारभुत विचारहरुलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कमिटी बैठक भोली (बिहीवार) बिहान ११ बजे पनि बस्ते र भोलीको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने पनि उहाँले बताउनुभयो ।