१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तार भोलि, अध्यादेश सच्याउन प्रतिस्थापन विधेयक ल्याइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार (भोली) सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताउनु भएको छ । 

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भईसक्ने बताउनु भएको हो । पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोली बिहीबारसम्म मन्त्रीपरिषदलाई पूर्णता दिईसक्ने बताउनु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो । 

प्रवक्ता महराले भन्नु भयो, ‘अध्यक्षले हालको स्थितिबारे बारेमा बैठकलाई जानकारी गराउनु भयो । सरकार अध्यादेशको कारणले अलि डिले भएको थियो । यो काम करिव करिव सिद्धिएको छ । मेरो विचारमा आज वा भोलिसम्ममा यो सरकारको विस्तारको काम सिद्धिन्छ । यो रिर्पोटिङ अध्यक्ष कमरेडबाट भएको छ ।

र मुख्य एजेण्डा आजको के थियो भने हाम्रो प्रवास समिति छ । त्यसले एउटा निर्देशिका बनाएको छ । प्रवासको काम कसरी सजिलो पार्ने भनेर प्रवास निर्देशिका बनायो । त्यो निर्देशिकाका ६ वटा उपक्षेत्र जस्तो एउटा क्षेत्र भारतलाई मान्ने, त्यसपछि पूर्वी एशीया, पश्चिम एशिया, युरोप, अमेरिका र अर्को केन्द्रिय कार्यालयमा पहिला पनि काम गर्नु भएका डोरप्रसाद पौडेललाई राख्ने निर्णय पनि भएको छ । अध्यादेशको विषयमा भोली पार्लियामेन्ट बस्दैछ ।’

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिनु भयो । माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहनु भएको थियो ।