२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कांग्रेस निर्वाचनको तालिका हेरफेर

कांग्रेस निर्वाचनको तालिका हेरफेर
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज नौं गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । 

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताउनुभयो । 

उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताउनुभयो । उहाँले पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताउनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस महाधिवेशनको क्रममा छ, यसक्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक हुन बाँकी छ,अधिकांश जिल्लाको हकमा भने वडा तहको अधिवेशन सम्पन्न भएर पालिका तहको अधिवेशन ९ गतेका लागि निर्धारित छ, यो बेलामा नेपाली काँग्रेस केन्द्रिय समिति अन्तर्गतको पार्टी पदाधिकारी, पूर्व पदाधिकारीहरुको बैठक आज बस्यो,सम्माननीय प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले गहिरो विमर्श गरेर छलफल गरेर अहिलेको बेलामा अधिवेशनका सबै प्रक्रियाहरुलाई जहाँ अवरुद्ध छन् तिनलाई सहमति पूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेका छन्, ति प्रक्रियाहरुको सन्दर्भमा पनि एउटा निश्चित टुंगो गर्ने,भन्ने विषयमा छलफल भयो मूलतः नेपाली काँग्रेस पार्टीको निर्वाचनका जति प्रक्रियाहरु छन्, यी सबै प्रक्रियाहरु पार्टीको केन्द्रिय निर्वाचन समितिमार्फत्बाट निर्वाचित निर्वाचित समितिको नेतृत्वमा निर्वाचन समितिले खटाएका प्रतिनिधिहरुले स्थानीय स्थिती बमोजिम र गर्दै आउनुभएको छ, गर्ने हाम्रो प्रचलन छ, त्यसैले अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ,ति ठाउँहरुको हकमा ९ गतेका लागि पालिका स्तरीय जुन अधिवेशन छ, त्यो यथावत छ, त्यो ९ गतेका लागि पूर्व निर्धारित समयमै पालिकाहरुको अधिवेशन हुनेछ,पार्टीको अन्य तहको अधिवेशन ९ गते पछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरुको क्रियाशील टुंगाउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रिय समितिले आवश्यक्ता अनुसार यस बारेमा प्रक्रियालाई कुन रुपमा लिएर जाने भन्ने कुराको टुंगो लगाउनेछ, आजको बैठकले ९ गतेको लागि पूर्वनिर्धारित पालिका स्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रैमा बाँकी जिल्लाहरुको क्रियाशील सदस्यहरुको टुंगो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ,त्यसको लागि निर्धारित समितिले काम गर्नेछ, र अन्य तहको सन्दर्भमा पार्टीको केन्द्रिय निर्वाचन समितिले अन्य जिल्लाको क्रियाशीलताको विषय र अहिले जारी रहेका विषयहरुलाई समायोजन गरी उपयुक्त सन्तुलन, उपयुक्त समयावधी जुन रुपमा निर्धारित छ, त्यसलाई कुन रुपमा अघि लाने र बाँकी कुरा निर्वाचन समितिले गर्छ ।’

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यत्रर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गर्नुभयो ।