२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

‘सङ्घीयता मजबुत पार्न प्रदेश-प्रदेशबीचको सहकार्य आवश्यक’

‘सङ्घीयता मजबुत पार्न प्रदेश-प्रदेशबीचको सहकार्य आवश्यक’
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मजबुत पार्न प्रदेशप्रदेशबीचको सहकार्य आवश्यक भएकामा जोड दिनुभएको छ । प्रदेश नं २ का मुख्यमन्त्री राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले औपचारिक भेटवार्ताका क्रममा त्यस्तो धारणा राख्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा सम्पन्न भेटवार्तामा मुख्यमन्त्री पोखरेलले संविधानतः मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापित प्रदेश सरकारले जनताको चाहनाबमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको धारणा राख्नुभयो । अधिकार प्रत्यायोजनमा सङ्घीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा प्रदेशप्रदेशबीचको सहकार्य अझ प्रगाढ बनाउन आवश्यक भएको बताउनुभयो ।

राजस्वको बाँडफाँटमा केन्द्रले प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कता पूरा नहुने उल्लेख गर्दै उहाँले यसको वृद्धिका लागि पहल गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको बताउँदै उहाँले शान्तिसुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिँदा प्रदेश सरकारले चाहेर पनि काम गर्नसक्ने अवस्थामा नरहेको बताउनुभयो । 

ठूला विकासका कार्य अघि बढाउन जग्गाप्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानूनी व्यवस्था आदिको सुधार तथा संशोधनमा केन्द्र सरकारले ध्यान नदिएको उहाँले बताउनुभयो । ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको जनाउँदै उहाँले यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्ने बताउनुभयो । अन्तरप्रदेश समन्वय परिषद्को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

पर्यटन प्रवद्र्धनमा प्रदेश २ का साँस्कृतिक धरोहर जानकी मन्दिर, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता मन्दिर, सहलेस फूलबारी, धनुष क्षेत्र, जलेश्वरनाथ महादेव आदि स्थल रहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश २ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाइमा अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयतालाई मजबुत बनाउन आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको र साढे दुई वर्षअगाडि पोखरामा मुख्यमन्त्रीको सम्मेलन भएको स्मरण गर्दै सम्मेलनले उठाएका सवाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सनुभएको बताउनुभयो । 

केन्द्र र छ वटा प्रदेशमा कम्युनिष्ट पार्टीकै सरकार रहेका कारण अधिकार हस्तान्तरण गर्न असहज नभएका अवस्थामा त्यसबेला उहाँले प्रदेशका कुरा सुन्न नचाहेको उहाँले बताउनुभयो । अधिकारकै लडाईंका क्रममा आफूहरू सङ्घ सरकारसँग मुद्दा लडिरहेको उल्लेख गर्दै अधिकार नपाएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो । 

भौतिक विकास मात्र नभएर सामाजिक रूपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइजस्ता अभियान थालेको उहाँले जानकारी दिनुभयो । विकासका सवालमा प्रदेश नं २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पर्यटन, उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुरकुमाल, नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, गण्डकी र प्रदेश नं २ का पर्यटन व्यवसायी सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री राउत नेतृत्व टोली तीन दिन पोखरामा रहने र यहाँका पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गर्ने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । 

यसअघि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा बुद्ध एयरले पोखरा–सिमरा उडान सुरु गर्दाको दिनमा गण्डकीका पर्यटनमन्त्री कँडेल नेतृत्वको टोली प्रदेश नं २ को वीरगञ्जलगायत स्थानका अवलोकन भ्रमण एवं अन्तक्र्रिया गरेको थियो ।  सोही क्रममा मन्त्री कँडेलले मुख्यमन्त्री राउतलाई पोखरा भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी महासचिव कमला गिरीका अनुसार बिहीबार बिहान दुवै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा पत्रकारसँग अन्तक्र्रिया गरिने छ ।