२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

सत्तारुढ गठबन्धन बैठकमा आज पनि जुट्न सकेन सहमति

सत्तारुढ गठबन्धन बैठकमा आज पनि जुट्न सकेन सहमति
अ अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठक विना निष्कर्ष टुंगिएको हो। 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुट्न सकेन । 

उनले भने, ‘आजको बैठकमा नयाँ कुरा केही भएको छ । संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको छ । साथै छिटोभन्दा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने कुरा भयो ।’ गठबन्धनलाई राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाउनुपर्ने चुनौती देखिएको छ ।  प्रतिनिधिसभामा रहेको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् ।

अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर आजको बैठकले जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्र थप मन्त्री नियुक्त गरिने सहमति भएको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे एक दुई दिनमै निकास निस्किन्छ । अनि जसपा र एकीकृत समाजवादीलाई पनि समेटेर जाने कुरा भएको छ, उनले भने । तर माओवादी केन्द्रका प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने स्थायी कमिटीमा ब्रिफिङ गरेका थिए ।  यसबारे श्रेष्ठले भने, ‘भोलि मन्त्रिपरिषद विस्तार हुने सम्भावना छैन । उहाँले त्यस्तो हुन्छ धेरै पटक भनिसक्नुभयो । त्यसलाई छोडिदिनुस् ।’ 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए ।