काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने बस्ने तय भएको हो ।
बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।