• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

भरतपुर महानगरमा रेणु दाहालको २२०५ मतको अग्रता



रेनु दाहाल

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुखका उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता बनाउनु भएको छ ।

भरतपुर महानगरपालिका–७ र ८ को मतगणना भइरहँदा दाहालले ११ हजार ७५० मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेबाट मेयरका प्रत्यासी विजयी सुवेदीले ९ हजार ५४५ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १७१ मत प्राप्त गर्नु भएको छ ।

२७ हजार ४४७ मत गणना गर्दा रेणु दाहालले एमालेका उमेदवार विजय सुवेदीभन्दा २२०५ मतले अग्रता लिनु भएको छ ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ९३८ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका हिमला गुरूङले ७ हजार ७५० मत प्राप्त गर्नु भएको छ ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उमेदवार रेणुु दाहाललाई रहेको छ भने नेकपा एमालेका उमेदवार सुवेदीलाई राप्रपाको समर्थन प्राप्त छ ।

कुल २९ वटा वडा रहेको भरतपुरको वडा नं १ बाट गणना कार्य सुरू गरिएको थियो । भरतपुर महानगरपालिकामा रहेका कुल एक लाख ८५ हजार ७५२ मतदातामध्ये ६७ प्रतिशत अर्थात् एक लाख २५ हजार ५५० मत खसेको छ ।