२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन
अ अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो ।

प्रदेशसभाको विसं २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले गोदावरी नगरपालिकाको–२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । असोज १२ गते दुईतिहाइ बहुमतले उक्त स्थानलाई स्थायी राजधानी घोषणा गरी राजधानीसम्बन्धी निर्णय १४ गते प्रमाणित गरेको थियो ।

प्रदेशसभाले राजधानीको स्थान र नाम छनोटका लागि गठन गरेको समितिले तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर–पश्चिम, गोदावरी–धनगढी–डडेधुरा राजमार्ग पश्चिम, गोदावरीखोलाबाट पूर्व र गोदावरी बजारबाट दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । प्रदेशको नामाकरण प्रदेश सरकारले सिफारिस गरेको थियो ।

राजधानी घोषणा भएको तीन वर्ष पुग्नै लाग्दा पनि आवश्यक अन्य प्रक्रिया अघि नबढ्दा अस्थायी राजधानी धनगढीबाटै नियमित कामकाज सञ्चालन हुँदै आएको छ । प्रदेशको नामाकरण चलनचल्तीमा आए पनि राजधानीको जग्गा प्राप्तिसँगै अन्य आवश्यक पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताउनुभयो ।

“राजधानीको स्थान तोकिएसँगै पछिल्ला हरेक आर्थिक वर्षमा प्रदेश सरकारको प्राथमिकतामा राजधानी बनाउने भनेर बजेट विनियोजन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “तर जग्गाको भोगाधिकार पाउन नसक्दा बजेट कार्यान्वयन हुनसकेको छैन ।” सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार पाउनेबित्तिकै पूर्वाधार निर्माणले गति लिने उहाँको भनाइ छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाले तोकेको स्थानमा राजधानी निर्माणको काम अघि बढाउन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार समितिसमेत गठन गरेको छ । सो समितिका प्रदेशका मन्त्री सदस्य छन् । राजधानी पूर्वाधार निर्माणका विषयका कुनै पनि काम अघि बढ्न सकेको छैन ।  

राजधानी पूर्वाधार विकासकार्यलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्ष २०७७/७८ लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको कार्य गर्न पूँजीगत र चालु गरी रु दुई करोड ७४ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको गत आव २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा प्रदेश राजधानीको संरक्षण, तटबन्धन, घेरा, पर्खाल र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले राजधानी तोकिएको स्थानको संरक्षणका लागि गत आव  २०७६/७७ मा रु पाँच करोड विनियोजन गरेको थियो । चालु आवमा प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मूल्याङ्कन गर्न र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न रु दुई करोड ७२ लाख विनियोजन गरेको छ ।

वन क्षेत्रमा राजधानीको स्थान घोषणा भएका कारण कार्यान्वयनमा समस्या आएको बुझाइ छ । त्यसैमाथि सर्वोच्च अदालतमा दुईवटा मुद्दा नै दर्ता भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई आग्रह गरेको छ । जग्गा प्राप्तिपश्चात डिपिआरलगायत पूर्वाधारको काम अघि बढ्ने जनाइएको छ ।

गोदावरी–८ का राजनीतिक अगुवा कार्यकर्ता खम्ब बुढाका अनसार प्रदेश सरकारले कैलालीको गोदावरीलाई  स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन नसक्नु विडम्बना भएको बताउनुभयो । उहाँले राजधानी निर्माणका लागि आवश्यक पूर्वाधारलगायतका कामलाई तत्काल अघि बढाउन प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पटक–पटक ज्ञापनपत्र बुझाइसकिएको जानकारी दिनुभयो । “राजधानी निर्माणको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रदेश सरकारलगायत सरोकारवाला निकाय जागरुक बन्न आवश्यक छ ।”