२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कान्ति ताल

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कान्ति ताल
अ अ+ अ-

बाँके । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिनुभयो ।

वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाले रु साढे १० करोड लगाएर कान्ति तालको पुनःनिर्माणसँगसँगै वरिपरिको क्षेत्रमा हराभरा गराउँदै छ । बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् । ताल बिहान र साँझपख स्थानीयवासीको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीयवासी सिर्जना थापाले बताउनुभयो । धेरैजसो युवायुवती तालमा घुम्ने, तस्वीर खिचेर रमाइलो गर्ने गरेको उहाँको भनाइ छ ।

नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्को लाग्ने गरेको थापाले बताउनुभयो । सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ । तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको उपहानगरपालिकाका इञ्जीनियर सुरज शर्माले बताउनुभयो । 

उहाँका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ । उपमहानगरपालिकाले यस वर्ष रु ३५ लाख छुट्याएको छ । ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ ।

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीयस्थल बनाउने उपमहानगरपालिको योजनाअनुसार कान्ति तालसँगसँगै नेपालगञ्जको वडा नं १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य भइरहेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।