१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बढ्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ३ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बिहिबार प्रतितोला ८९ हजार ६०० मा कारोबार हुँदा शुक्रबार भने बढेर तोलामा  ८९ हजार ९०० तोकिएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबार प्रतितोला रु १० ले बढेको छ । चाँदी बिहिबार प्रतितोला रु एक हजार १५५ तोकिएको थियो भने आज  एक हजार १६० कायम गरिएको छ ।