२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

‘केटाकेटीलाई कौसीमा एक्लै चंगा उडाउन नछोड्नु’- प्रहरी

‘केटाकेटीलाई कौसीमा एक्लै चंगा उडाउन नछोड्नु’- प्रहरी
अ अ+ अ-

काठमाण्डौ । हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैंतिहारमा अभिभावकहरुले आफ्ना केटाकेटीलाई चंगा उडाउन कौसीमा एक्लै छोड्दा लडेर घाइते हुने गरेकोले केटाकेटीलाई एक्लै चंगा उडाउन नछोड्न प्रहरीले अभिभावकहरुसंग अनुरोध गरेको छ ।  

नेपाल प्रहरीले दशैंतिहार जस्ता चाडपर्व लक्षित सुरक्षा जनचेतना कार्यक्रम अघि सार्दै अन्य समयमा भन्दा चाडपर्वमा चोरीका घटना बढी हुने गरेको र चंगा उडाउँदा साना केटाकेटी कौसीबाट लडेर मृत्यु र घाइते हुने गरेकोले अभिभावकहरु यसबारे चनाखो हुनुपर्ने जनाएको छ ।

यसै सन्दर्भमा सामुदायीक सेवा समिति र सामुदायीक प्रहरी सेवा नयाँ बानेश्वर द्वारा शुक्रबार नयाँबानेश्वरमा चाडपर्व लक्षित सुरक्षा जनचेतना कार्यक्रम आयोजना गर्योे । बागमती प्रदेशका सभासद एवम् नपाली कांग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठले उद्घाटन गरेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि मिम बहादुर लामा, काठमाण्डौ महानगरपालिका वडा नं १० का अध्यक्ष रामकुमार केसी तथा सामुदायीक प्रहरी सेवा नयाँ बानेश्वरका प्रहरी हवल्दार ताराराम दयालले स्थानीय वासिन्दालाई सुरक्षित भएर चाडपर्व मनाउन अनुरोध गरेका थिए । 

सामुदायीक सेवा समितिका महासचिव अशोक थापा,थर्ड आई युथ क्लवका अध्यक्ष सुरेश थापा लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि एवम् सामाजिक कार्यकर्ताहरुको सहभागितामा भएको उक्त जनचेतनामूलक र्यालीका सहभागीहरुले  नयाँ बानेश्वरको लाखेचौरदेखि भित्री टोल हुँदै वटुवा र स्थानीय वासिन्दालाई सुरक्षा सन्देशसहितको पर्चा वितरण गरेको थियो ।