१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ’



अ+ अ-

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग चुनावमा भिड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । यदि आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’