१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेटरी प्याडमा सरकारले लगाएको करप्रति अनेरास्ववियुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विद्याथी संगठन अनेरास्ववियुले सेनेटरी प्याडमा लगाइएको करप्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

संगठनकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।’

अगाडि भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ ।’