१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका देखी सांसदसम्मले दिए कक्षा १२ को परिक्षा



अ+ अ-

काठमाडौं । आजबाट कक्षा १२ को अन्तिम परिक्षा सकिएको छ । यस वर्षको कक्षा १२ को परिक्षा दिनेमा साधारण विधार्थीहरुमात्र थिएनन् तर नायिका देखी सांसदसम्मले परिक्षा दिएका थिए ।

नायिका करिश्मा मानन्धरले कक्षा १२ को आजको अन्तिम परिक्षा दिँदै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी हुन् । उनले परिक्षार्थीहरुसंगको तस्बिर सार्वजनिक गर्दै ''विदाई कक्षा १२, सबैलाई स्नातक तहमा भेटौंला'' भने्र लेखेकी छिन् ।

यता नेकपा एमालेकी सांसद सान्ता चौधरीले पनि आफुले कक्षा १२ को परिक्षा दिएर सकाएको सबैमा जानकारी दिएकी छिन् । सांसद चौधरीले पनि सामाजिक सञ्जालमा केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

उनले ''तस्बिरहरुसंगै जीवनको परिक्षा त बाचुञ्जेल दिनु नै छ। अहिले औपचारिक रुपमा आजबाट कक्षा १२ को परीक्षा साकिएको छ। सबैको शुभेच्छा र मेरो सक्दो मेहनतले राम्रै गरेकी छु। सामाजिक तथा राजनीतिक जीवन र औपचारिक अध्ययन सङ्गै अघि बढाउन पक्कै सजिलो छैन। मलाई शुभकामना दिनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद दिदै आभार व्यक्त गर्न चाहन्छु।'' भनेकी छिन् ।