२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरु

अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरु
अ अ+ अ-

झापा । मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका कक्षा सञ्चालन गर्ने अनुमति पाएसँग विद्यालय सञ्चालनमा आएका हुन् । 

कक्षा कोठाका क्षमताका आधारमा भौतिक दूरी कायम गर्ने, शिक्षक, विद्यार्थी सबैले अनिवार्य मास्क लगाउने, धेरै विद्यार्थी भएको विद्यालयले आलोपालो गरी पढाइ गर्नेलगायतका मापदण्डपालना गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमित दिएको पालिकाका नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले जानकारीदिनुभयो ।

उहाँका अनुसार मेचीनगर क्षेत्रभित्र ४२ वटा सामुदायिक विद्यालय, चार वटा धार्मिक स्कुल र ६० वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् । विद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा २०७७ अनुसार मापदण्ड पूरा गरी भौतिक उपस्थितिमा पढाइ गरिरहेका छन् या छैनन् भनेर अनुगमनसमेत गरिने उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीले विद्यालयमा भौतिक उपस्थिति गर्नुपूर्व विद्यालय परिसर सरसफाइ तथा कक्षा कोठा अनिवार्य रुपमा निर्मलीकरण गर्ने, विद्यालय प्रवेशद्वारमा धर्मलगनबाट ज्वरो नाप्ने, साबुनपानीले अनिवार्य हातधुने व्यवस्था हुनुपर्ने, कक्षा कोठामा विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै जेट आकारमा बसाउनुपर्ने मापदण्डमा उल्लेख गरिएको बताउनुभयो । 

पालिकाले विद्यालयले सरकारले तोकेका मापण्डअनुसार पढाइ सुरु गरे नगरेको बुझ्नका लागि अनुगमन गरिने बताउनुभयो । सो क्रममा मापदण्डपालना नगरेको पाइएमा विद्यालयलाई कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । 

जिल्लाका भद्रपुर, विर्तामोड नगरपालिका, झापा गाउँपालिकाका विद्यालयलेसमेत भौतिक रुपमा पढाइ सुरु गरेका छन् । शिक्षा विकास तथा इकाइ समन्वय कार्यालयका प्रमुख राजकुमार विश्वकर्माले आजदेखि विभिन्न विद्यालयमा अनुगमन सुरु गरेको बताउनुभयो ।

उहाँले आजै भारतीय सीमा क्षेत्रमा रहेका झापा गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, त्रिभुवन आधारभूत विद्यालय र अमरसिंह प्राविसमेत अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा विद्यालयले सरकारले तोकेका मापदण्डपालना गरेरै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गराइरहेको पाइएको प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । (रासस)