१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेद्वारा १० समूह निर्माण



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल गर्न समूह बनाइएको छ । 

सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिए । 

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । 

शनिबार बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटी तीनवटै प्रस्ताव पारित गर्ने एमालेको तयारी छ ।

दशवटै समूहले आ आफ्ना टोली नेता छानेर छलफल गर्ने र शनिवारको बैठकमा सुझाव पेश गरिने स्रोतले बतायो ।

एमालेले आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।