२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न हुनुहुन्छ । तीन वर्षदेखि उहाँले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल हुनुभएको छ ।

 बारीमा उत्पादित तरकारी बेचेर उहाँले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आउनुभएको छ । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० हजार मात्रै आम्दानी हुन्थ्यो” उहाँले भन्नुभयो, “आधुनिक तरिकाले तरकारीखेती गरी बढी उत्पादन लिनका लागि तालिम पाए । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थाले ।  उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा चार गुणाले बढेको छ ।”
 
मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध भएपछि उहाँले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट पाउनुभएको छ ।
 
तरकारी खेतीका लागि आधुनिक तौर तरिकासँगै कृषि औँजार र उपकरण पाएपछि उहाँ व्यावसायिक खेतीलाई अगाडि बढाउन हौसिनुभएको छ । एक बिघा जग्गामा गौतमले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध एक सय जना किसानमध्ये ६० जनाले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् । अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् । 

तरकारी खेतीमै संलग्न विनोद चौधरीको वार्षिक कमाइ रु दुई लाख जति हुने गरेको छ । तरकारी बजारमा बेचेर उहाँले आम्दानी गर्दै आउनुभएको छ । “तरकारीखेती गर्नुअघि परम्परागत रुपमा लगाइने अन्नबालीमा निर्भर थियौं” उहाँले भन्नुभयो, “त्यसबाट सात जनाको परिवारको खर्च चलाउन निकै धौधौ थियो । व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हुँदै गएको छ ।”
 
तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च चलाउन सहज भएको उहाँले बताउनुभयो । बचेको पैसा बैंक र गाउँको सहकारीमा उहाँले बचत गर्दै आउनुभएको छ ।

 खेतमा उत्पादित तरकारी किसानले बेच्नका लागि बजार चहार्दै हिँड्नुसमेत पर्दैन । “बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि किसानले फोनमार्फत नै व्यापारीलाई फोन गर्छन्” कृषि प्राविधिक चेतराज चौधरीले भन्न्नुभयो, “व्यवसायीले बजारमा चलनचल्तीको दररेटमै बारीबाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।” केही तरकारी गाउँमै बिक्री हुने गरेको छ । 

किसानले करेला, रामतोरिया, खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भाण्टा, भेडे खुर्सानीलगायत लगाउने गरेका छन् । सुदूरपश्चिम सरकारले आव २०७६÷७७ देखि लागू गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममार्फत पिपलाडी र जोनापुर गाउँका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई रु एक करोड बढीका कृषि औँजार, उपकरण, सिँचाइका लागि पम्पसेट, बीउबिजन, पौष्टिकतत्व, उर्वरक, स्प्रे टङ्की, प्लाष्टिक टनेल उपलव्ध गराएको छ । 

यीमध्ये थोपा सिँचाइसहितको प्लाष्टिक टनेलमा तरकारीखेती गर्ने किसानको सङ्ख्या २७  छ  कृषि उपजको आन्तरिक मागपूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि सुदूरपश्चिम सरकारले कार्यक्रम सञ्चालन गरेको हो ।

कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनुका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणमा सहयोग, प्रशोधन तथा बजारिकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मतसम्भार र बजारीकरणमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार ३० बिघा जग्गामा तरकारीखेती हुने गरेको छ ।