२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

गाँजा अभियन्ताले राजीव काफ्लेको पक्राउको विरोध गर्दै भने- ‘वैधनिकता दिलाएरै छाड्छौं’

गाँजा अभियन्ताले राजीव काफ्लेको पक्राउको विरोध गर्दै भने- ‘वैधनिकता दिलाएरै छाड्छौं’
अ अ+ अ-

काठमाडौँ । नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सक्रिय अभियन्ताहरुले कुनैपनि डर, धाक, धम्की र त्राससामु नझुकी अभियानलाई साकार बनाएरै छाड्ने दृढता व्यक्त गरे । उनीहरुले नेपालमा गाँजा वैधानिक बनाइछाड्ने दृढता व्यक्त गरेका हुन् ।  रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अभियन्ताहरुले गाँजा अभियन्ता राजीव काफ्लेलाई गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरीले १५ दिनसम्म थुना राखेको भन्दै विरोध गरे ।  

नेकपा एमालेका नेता तथा बागमती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई फुकुवा भन्दा पनि यसलाई औषधी प्रयोजनाका लागि वैधानिकता दिनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा रहेका युवाहरुलाई गाँजाको सही प्रयोग गरी रोजगारी सृजना गर्नुपर्छ ।’ नेपाली काँग्रेसका कतिपय नेताहरुले समेत गाँजालाई वैधानिकता दिनपर्छ भन्दै उफ्रिएका बताए । काँग्रेसको महाधिवेशनमा समेत यस विषयमा चर्चा हुने उनको भनाई थियो । राजाका पालामा रक्तदान गर्ने क्रममा आफूलाई प्रहरीले १४ महिनसम्म थुनेको स्मरण गराउँदै भने,‘मैले यस विषयमा माधव नेपाल सँग कुरा गरेका थिए । यस बेला निकै प्रशंसा गरेका थिए । तर, भालि पल्ट यसको प्रचार नगर्नुस यसले नकारात्मक प्रभाव पार्छ र खाएर दुःख दिन्छन् भने ।’

प्रचण्डलाई यस विषयमा आवाज उठाउनु पर्छ भन्दा आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्ने शर्त राखेको स्मरण गराए । उनले भने, ‘प्रचण्डले मलाई आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्छु भने ।’ नेताहरु यस विषयप्रति अज्ञान रहेको बताए । गाँजालाई सकारात्मक ढंकले प्रयोग गरे देशको कायापलट हुने उनको भनाई थियो । आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन हर प्रयास गर्ने समेत उनले बताए । गाँजा वैधानिक अभियानका अभियन्ता राजीव काफ्लेले आफू गाँजालाई वैधानिकता दिलाउन निरन्तर लाग्ने बताए । उनले भने,‘ गाँजा खाने वा ड्रग्स खानेलाई थुनेर राखे मात्र यसको नियन्त्रण हुन्छ भन्ने छैन । यसलाई खुल्ला गरे मात्र यसको उपभोक्तामा कमी आउने छ ।’

आफूहरुले सुरुमा ३० वटा निशुल्क रिह्याब सञ्चालन गरेको समेत उनले सुनाए । यसको निर्माण वा उपचार गर्न सरकारको तर्फबाट कुनै सहयोग नपाएको बताए । गरिब प्रयोगकर्ताहरुलाई सरकारले ठिक पार्ने तर्फ उन्मसख नभई अभियोग लगाई थुन्ने काम गरिरहेको उनले बताए । गृहले जारी गरेको पत्र लिएर दुई मसहनापछि अख्तियारले आफूलाई अनुसन्धान गरी गिरफ्तारी गरेको उनले सुनाए । 

अधिवक्ता साम्युन कार्कीले नेपालमै लागुऔषध नियन्त्रण ऐन २०३३ मै रहेको विभिन्न दफा र प्रकरण मै गाँजालाई वैधानिकता दिनबारे ठाँउ राखिएको बताइन् । उनले भनिन्,‘राजीव ज्युलाई अभियोग लगाएर उनलाई कस्टडीमा राखियो । उनलाई हुई सातासम्म कैद गर्नु मेरोलाई मिसक्यारेज अफ जस्टिस हो ।’ लागुऔषध सवेन गर्नु र बेचबिखन अपाराधीक कार्य रहेको उनले बताइन् । उनले भनिन्,‘अदालतमा केही नजीरहरु छन् जसले लागुऔषधलाई क्राइमको रुपमा प्रस्तुत गरिरहका छन् । तपाईले सेवन गर्नु, नगर्नु, बेच्नु वा नबेच्नु तपाईसित उक्त सामाग्री हुनवित्तिकै यसलाई क्राइमको रुपमा बर्णन गरिदिन्छ ।’ 

लागू औषधको विषयमा धारणा व्यक्त गर्न सरकारले बोलाउन राजीव ज्युलाई प्रहरीले विनाकारण अभियोग लगाई थुनामा राखेको भन्दै उनले आलोचना गरिन् । राजीव काफ्लेलाई आफ्नो स्टाफ र छिमेकीलाई प्रहरी किन समात्यो भन्ने क्रममा जाँदा उनलाई समेत गिरफ्तार गरिएको उनले बताइन् । उनले भनिन्,‘उहाँ आफ्नो स्टाफ र छिमेकीको बारेमा बुझन् जाँदा १५ दिन हिरासतमा राखियो । गृहको आदेश भन्दै प्रहरीले उनलाई हिरासतमा लिएको उनले बताइन् ।

राजीव ज्युलाई धौरटीमा रिहा गरिएको बताइन् । अगामी दिनमा कानूनी दायराबाट यसको विरोध गर्ने समेत स्पष्ट पारिन् । गाँजा उद्यमी र अभियन्ता इशा क्षेत्रीले देशमा गाँजा भन्ने वित्तिकै समाजले हेर्ने दृष्टिकोणमा फरक परिरहेको बताइन् । उनले भनिन्,‘महिलाहरुलाई महिनावारी हुँदा गाँजाको तेलले पेटमा मालिस गर्यो भने केही हदसम्म पेट नदुख्ने । राती सुत्दाँ दुधमा गाँजालाई राखी खाए पेट दुखाई कम हुने हाम्रो पौराणिक अभ्यास हो ।’ गाँजाको निकै फाइदा रहेको र यसमा निकै प्रोटिन समेत पाइने गरेको उनले प्रष्ट पारिन् । उनले भनिन्,‘हाम्रो नेपाली दिदी भाइहरु कामको समस्याले विदेशी रहेका छन् । गाँजाले वैधानिकता पाए हामीले हाम्रो युवाहरुलाई यही रोजगारी सिर्जना गर्नसक्छौँ ।’

यसलाई विभिन्न तरिकाले उपयोग गर्न सक्छौँ भन्दै यसलाई वैधानिकता दिनपर्नेमा उनको जोड थियो । गाँजाबाँजा फिल्मका निर्देशक गणेश देव पाण्डेले राजीव काफ्लेलाई गिरफ्तार गरिएको घटनाले आफू स्तब्ध भएको बताए । उनले भने,‘यस प्रसंग लिएर मैलै एउटा फिल्म निर्माण गरेको थिए । गाँजा नाजको प्रयोग मात्र गर्दा मलाई दुई वर्षसम्म अदालत धाउनुपरको थियो ।’ गाँजालाई र यौन व्यवसाय दुवैलाई एउटा निचोडमा पुगी कानून निर्माण आवश्यक रहेको बताए । राजीव काफ्लेको स्वतन्त्रता हनन भएको उनले बताए । आफूहरु जति दमनमा पर्यौँ त्यती नै उक्त अभियानले नयाँ उचाई पाउने उनले स्पष्ट पारे । 

चिकित्सक सम्बोध आचार्र्यले गाँजालाई वैधानिकता दिनुपर्नेमा जोड दिए । उनले सरकारको आलोचना गरे । उनले भने,‘अत्याधिक जडिबुटी पाउने देश हो यो । यसलाई हामीले बु्झेर उपयोग गर्नु पर्छ । गाँजालाई वैधानिकता दिनुपर्छ यसमा पाइने पद्धार्थहरुले रोगहरुबाट बचाउँछ ।’गाँजा वैधानिक महाअभियानका अभियन्ता जोसेफ मदन कोइरालाले राजीव काफ्लेलाई गाँजा बरामद नभएपनि उनलाई प्रहरीले १३ दिनसम्म थुनामा राखेको भन्दै आक्रोश पोखे । उनले भने, ‘प्रहरी उनलाई देखाएको बेबहार निन्दनीय छ । उनलाई प्रहरी इज्जतका साथ सम्मान गर्नपर्छ ।’ गाँजालाई औषधीको रुपमा प्रयोग गर्ने गरी वैधानिकता पाउनुपर्नेमा जोड दिए । उनले भने,‘ यसको पहल हामी गरिरहेको छौँ । सरकारले ठोस निर्णय लिनुपर्छ ।’

माग पूरा नभएसम्म अनसन र र्याली जारी राख्ने उनको भनाई थियो । संसदमा समेत गाँजाले वैधानिकता पाउनु पर्ने विधेयक आइसकेको र त्यसलाई चाँडो भन्दा चाँडो टेबुल गर्नु पर्ने उनको तेस्रो माग रहेको बताए । वैधानिकता नपाएसम्म आफूहरुले अभियान जारी राख्ने बताए । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजँग शाहले देशमा गाँजा र गाईलाई सबैभन्दा बढी हेला र बेवास्ता गरिएको बताए । देशमा गाँजा प्रतिबन्ध लगाउने र गाईको अवैध तस्कर गर्ने गतिविधिले ठूलो नोक्शानी परिरहेको बताए । उनले गाँजा प्रतिबन्ध खुलाउन र गाईको तस्करी रोक्न संघर्ष गरिरहने बताए ।