१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उड्डयन प्राधिकरणका कर्मचारीले दिए महाप्रबन्धक तिवारीविरुद्ध अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । 

तिवारीले आर्थिक अपचलन गरेको भन्दै प्राधिकरणका कर्मचारीहरूले उजुरी दिएका हुन् ।

दुई दिनअघि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि प्राधिकरणको महानिर्देशकमा आउने चर्चामा रहेका तिवारीविरुद्ध प्राधिकरणमा सेवा सुरू गरेदेखि नै विभिन्न पदमा रही लाखौं हिनामिना गरेको आरोप लगाउँदै छानविन गरी कारवाही गर्न कर्मचारीले माग गरेका छन् ।