१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ



अ+ अ-

सुदूरपश्चिम  । नेपालको संविधान बमोजिम सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले आफ्नो काम प्रारम्भ गरेको छ ।  आयोगका अध्यक्ष यज्ञराज बोहराले पदपूर्तिको प्रयोजनका लागि मन्त्रालय, कार्यालय र निकायवाट कर्मचारीको रिक्त माग पद पठाइदिन पत्राचार भई कार्य प्रारम्भ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पदपूर्ति गर्ने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका मन्त्रालय, निकाय, कार्यालयबाट रिक्त माग पद पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ ।’’ 

प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा प्रदेशमा रहेका मन्त्रालय र मातहतका कार्यालय÷निकायका रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि परीक्षामार्फत योग्य नागरिक सिफारिस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । 

संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २०७७ चैत्र महिनामा प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति गरिएपछि प्रदेशको राजधानी धनगढीमा आयोगको कार्यालय  सञ्चालनमा आएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेशका प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रमुख गङ्गाप्रसाद यादव समक्ष आज आयोगका अध्यक्ष बोहराले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको आर्थिक वर्ष २०७७/७८ को  वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

प्रस्तुत प्रतिवेदनमा आयोगबाट सम्पादन भएका कामसम्बन्धी विवरण समेटिएको छ । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आयोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।