१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । 

हालैमात्र यसैगरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको जानकारी गराउँदै कागजातसहित पार्सल ट्रयाकिङ गर्ने नम्बरसमेत दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

अनुसन्धानको क्रममा उनी सिलगुढीस्थित चर्चका पादरी रहेको खुल्न आएको छ । उनले क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग आएको भनी चर्चमा आएका महिलालाई खाता खोल्न लगाइ त्यस खातामा पैसा पठाउन लगाउने गरेका थिए । 

उनले महिलाको खातामा नगद जम्मा गरी महिलामार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।