२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

कर्णालीका अधिकांश वडामा सर्वसम्मत

कर्णालीका अधिकांश वडामा सर्वसम्मत
अ अ+ अ-

कर्णाली । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । 

जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ । 

दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कार्यसमितति चयन भएका वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । वडामा सर्वसम्मतरुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन् । दैलेखका पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मीलगायतका नेता जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेका छन् । 

जुम्लाका करिव सबै वडामा पनि सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ । जिल्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका–७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो । वडामा सर्वसम्मत पदाधिकारी छनौट भएपनि जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने अवस्था आउने कांग्रेस नेताको भनाइ छ । जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललगायतका नेता आकाङ्क्षी देखिन्छन् । हुम्लाका पनि करिव सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसैगरी सल्यान, कालिकोट र रुकुमपश्चिममा पनि वडा तहमा करिव सर्वसम्मत नेतृत्व चयन गरिएको छ । 

सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन ।  

कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ । प्रदेशका अधिकांश वडामा सर्वसम्मत नेतृत्व छनौट भएतापनि नगर र जिल्लामा भने चुनाव हुनसक्ने सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत नगरसभापतिका आकाङ्क्षीसमेत रहेका किरण वली बताउनुहुन्छ । “नगरका सबै वडामा सर्वसम्मत नेतृत्व छनौटको लागि तयारी भइसकेको छ”, उहाँले भन्नुभयो, “नगर र जिल्लामा भने आकाङ्क्षी धेरै भएको हुँदा चुनाव हुने सङ्केत देखिएको छ ।” अव पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षी आफ्ना प्रतिनिधि भेट्मा व्यस्त छन् ।