२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

हुवावेकी प्रमुख वित्त अधिकृत मेङ जेलमुक्त, दुई क्यानाडेली पनि चीनद्वारा रिहा

हुवावेकी प्रमुख वित्त अधिकृत मेङ जेलमुक्त, दुई क्यानाडेली पनि चीनद्वारा रिहा
अ अ+ अ-

चीन, अमेरिका र क्यानडाबीच तीन वर्षदेखि तनावको विषय बनेको एउटा विवाद तत्कालका लागि सुल्झेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनीया प्रविधि कम्पनी हुवावेकी प्रमुख वित्त अधिकृत मेङ वेनझाओलाई अमेरिका सुपुर्दगी गर्न दिएको एक आदेशलाई अमेरिकाकै न्याय विभागले फिर्ता लिएसँगै तीन वर्षपछि मेङ चीनतर्फ प्रस्थान गरेकी छिन् ।

क्यानडामा रहेका आफ्ना पतिलाई भेट्न क्यानडा पुगेकै बखत मेङलाई अमेरिकी अधिकारीको अनुरोधमा क्यानाडेली प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि इरानलाई सूचना प्रविधि बिक्री गर्न भूमिका निर्वाह गरेको र बैंकिङ स्रोत परिचालन गरेको अमेरिकी आरोप थियो ।

तर अमेरिकाको अनुरोधमा सुपुर्दगी गर्न भनिए पनि क्यानाडाकै अदालतमा सुपुर्दगीको विरोधमा मुद्दा दायर भयो । मेङलाई तत्काल क्यानडाले सुपुर्दगी गरेन, तर मेङलाई चीन वा अन्य मुलुक जान पनि दिएन । अर्थात् उनी घरमै नजरबन्दमा परिन् । अदालतमा उपस्थित हुने दिन वा अन्य दिन उनमाथि निगरानी राख्न विशेष किसिमको घडी उनको खुट्टामा लगाइयो ।

चीनको दूरसंचार एवं प्रविधि क्षेत्रको यस विशाल कम्पनी हुवावेको प्रमुख वित्त अधिकृत एवं हुवावेका संस्थापककी छोरीमाथि भएको यस किसिमको “अभद्र” व्यवहार चीनलाई सह्य हुने कुरै थिएन ।

चीनले तत्कालै क्यानडा सरकारलाई मेङलाई चीन सरकार समक्ष हस्तान्तरण गर्न अनुरोध गर्यो । तर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपतिको दबाब एवं कानुनी प्रश्न भएको भन्दै चीनको प्रस्ताव अस्वीकार गरे । चीनले तत्कालै बदला लिने योजना बनायो ।

नभन्दै मेङ पक्राउ परेको केही दिनभित्रै चीनमा जासुसी गरेको आरोपमा दुई जना क्यानाडेली कुटनीतिज्ञलाई चीनले पक्राउ गर्यो । चीन र क्यानडाबीचको दौत्य सम्बन्धमा निकै ठूलो दरार उत्पन्न भयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यस मुद्दामा नरम नीति लिएपछि मुद्दा सुल्झिने क्रममा पुगेको हो । अमेरिकी न्याय विभाग र मेङ बीच इरान मामिलामा भएका कमीकमजोरीलाई आगामी एक वर्षभित्र सुल्झाउने सहमति भएको छ ।

फाईल फोटो 

यो सहमतिसँगै मेङ चीनतर्फ प्रस्थान गरेकी थिइन् भने क्यानडाका दुई नागरिक पनि चीनबाट क्यानडा तर्फ प्रस्थान गरेका थिए । चीनले पक्राउ गरेका दुई कुटनीतिज्ञमा माइकल कोभरिग र माइकल स्पाभोर रहेका छन् । उनीहरुलाई चीनले डिसेम्बर २०१८ मा गिरफ्तार गरेको थियो । उनीहरु चीनबाट क्यानडाका लागि प्रस्थान गरिसकेको क्यानडाका प्रधानमन्त्री जस्टिनले घोषणा गर्नु भएको छ ।

कतिपयले अमेरिकी प्रशासनको यो कदमलाई दुई ठूला मुलुकबीचको सम्बन्ध सामान्यीकरणका लागि एक कदम पनि भनेका छन् । किनभने यही विवादले राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका र चीनबीच एक किसिमले ठूलो असमझदारी बनेको थियो ।

हुवावेले अमेरिकी प्रविधि जबर्जस्ती हत्याएको र विश्वभर जासुसी गर्न हुवावेलाई प्रयोग गरिरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप थियो । त्यही कारण हुवावेमाथि अनेक प्रतिबन्धहरु अगाडि बढाइए । अझै पनि हुवावेलाई अमेरिकी प्रविधिहरु जस्तै चिप्स, सफ्टवेयर प्रयोगमा रोक लगाइएको छ जसका कारण एक समय विश्वमै पहिलो स्थानमा रहेको हुवावेको मोबाइल बिक्री अहिले तहसनहस भएको छ । तर हुवावेले अमेरिकी आरोप निराधार रहेको भन्दै आफ्ना उपकरणको स्वतन्त्र छानबिन र अध्ययन गर्न अनुरोध गरिरहेको थियो ।

अमेरिकाले गुगल, इन्टेल जस्ता प्रविधि हुवावेलाई नदिने घोषणा गरेपछि हुवावेले बाध्य भएर आफ्नै एप्स प्लेस्टोर र अपरेटिङ सिस्टम बनाउनु पर्ने परिस्थिति निर्माण भएको छ । अमेरिकाको पछिल्लो कदम पछि के अब हुवावेले पुनर्जीवन प्राप्त गर्ला ? यो प्रश्न अब प्रमुख रुपमा उठ्ने नै छ ।