२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन: मानब अधिकार आयोग



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ ।

शुक्रवार अपरान्ह आयोगले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले राजनीतिक दलहरुले थप संयमता अपनाउनु पर्ने देखिएको बताउनु भयो । उहाँले मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनु जस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगले निस्कर्षनिकालेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेपनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदान स्थल टाढा भएको अघिल्लो दिन नै हिँडेर मत खसाल्न मतदाताहरु पुगेको पाइएको जानकारी दिनुभयो ।

उहाँले मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा मतदाता अल्मलिएको, कतिपय मतदान स्थलमा खानेपानीको व्यवस्था नहुँदा मतदाता बेहोस भएको, शौचालयको अभाव, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका मतदाताहरुलाई सहज रुपमा मतदान गर्नसक्ने व्यवस्था नमिलाइएको पाइएको पनि बताउनु भयो । अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको बताउनु भयो । त्यस्तै बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरी लगायतका जिल्लाहरुका केही मतदान केन्द्रहरुमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाईते भएको, केही स्थानमा भएको अवाई फायरले मतदान प्रभावित भएको पाइएको आयोगको निस्कर्ष छ ।

अध्यक्ष मगरले आयोगले मतदान स्थगन भएका क्षेत्रहरुमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र नेपाल सरकारलाइ आग्रह गरेको बताउनु भयो । आयोगले स्थगित भइ सुचारु भएका मतदान केन्द्रमा राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घाईते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।