७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

यस्तो रह्यो उद्योगी व्यवसायीहरुको मतदान र पर्यवेक्षण

यस्तो रह्यो उद्योगी व्यवसायीहरुको मतदान र पर्यवेक्षण
अ+ अ-

काठमाडौं । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।

देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।

संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागीता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिकरुपमा नै आह्वान गरेका थिए । यसै क्रममा बैंकर, व्यवसायी तथा उद्योगीले पनि सक्रियताका साथ सहभागी भएका हुन् ।

निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकर सहभागी भएको तस्विर सार्वजनिक गरेका छन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्ने अधिकार भएको भन्दै व्यवसायीले अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकर अनिल केशरी शाहले सक्रियताका साथ मतदान गर्नुभएको छ ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौँको सितापाइला स्कुलबाट मतदान गर्नुभएको छ । अध्यक्ष गोल्छाले मतदानपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ “मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।”

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आइएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले अन्य मतदातासमेतलाई सक्रियताका साथ मतदानमा भाग लिन आग्रह गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गर्नुभएको छ । उहाँले मतदानपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ “भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गर्नुभयो ।

उहाँले मतदानपछि लेख्नुभएको छ “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो रु यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।”

यस्तै, आइएमई समूहका प्रबन्धनिर्देशक हेमराज ढकालले काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । अन्य व्यवसायीले पनि आफ्नो पायक पर्ने स्थानमा पुगेर मतदान गर्नुभएको छ ।

शहरी क्षेत्रका व्यवसायी तथा उद्योगीले आज आफ्नो व्यवसाय तथा उदोग धन्दा नै बन्द गरेर सक्रियताका साथ मतदानमा सहभागिता जनाएका छन् ।

उद्योगी व्यवसायीहरुद्वारा निर्वाचन पर्यवेक्षण

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ सहित उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रको निर्वाचन पर्यवेक्षण गरेको छ । त्यस क्रममा निर्वाचनको तयारी तथा मतदान प्रक्रिया व्यवस्थित रहेको र नागरिकहरु मतदानका लागि निकै उत्साहित रहेको आफूहरुले पाएको वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । रासस