७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भरतपुरमा पत्रकारमाथि दुव्र्यवहार, क्यामेरा फुटाइदिने कांग्रेस कार्यकर्ताको धम्की

भरतपुरमा पत्रकारमाथि दुव्र्यवहार, क्यामेरा फुटाइदिने कांग्रेस कार्यकर्ताको धम्की
अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाको एक मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । भरतपुर–७ स्थित कृष्णपुर माविको मतदानस्थलमा सो महानगरका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्ने क्रममा कांग्रेस कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका हुन् ।

नेपाली कांग्रेस भरतपुर–७ का सभापति विनोद ढकालको समूहले पत्रकारमाथि दुव्र्यवहार गर्दै भिडियो खिच्न अवरोध गरेको थियो । समूहले क्यामेरा फुटाउनेसम्मको धम्की दिएको थियो ।

वडा नं ७ का कांग्रेस सभापति ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भएको बताइएको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेलले पनि सोही मतदान केन्द्रबाट मतदान गर्ने भएपछि त्यसको भिडियो र फोटो खिच्न पुगेका पत्रकारलाई ढकाल समूहले दुव्र्यवहार गरेको हो ।

सपाङ्ग बुबा आमाका तर्फबाट छोराले गरिदिए मतदान

भरतपुर महानगरपालिकाको सोही विद्यालयको ‘ग’ मतदान केन्द्रमा छोराले बुबा आमाको तर्फबाट मतदान गरेका छन् । भरतपुर–७ का वडासदस्य राजेन्द्र तामाङले आफ्नो बुबा आमा आफैँ हिँड्न र देख्न सक्ने भए पनि त्यस्तो गर्न नसक्ने भन्दै मतदान गरेका हुन् ।

बुबा आमासँगै मतदान केन्द्रमा पुगेका तामाङलाई सुरुमा दर्ता कार्यमा खटिएका कर्मचारीले अरुले मतदान गर्न नमिल्ने बताएका थिए । आफू जनप्रतिनिधि भएको र बुबाआमा हिँड्न र देख्न नसक्ने भन्दै आमासँगै मतपत्र लिएर बुथमा पुगेका थिए ।

उनले बुथमा मतपत्र भरे पनि मतपत्र भने आमा आफैँले मतपेटिकामा हालेकी थिइन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरेकी थिइन् । तामाङले पुनः आफ्नो बुबाको मतपत्र भरिदिए ।

चिट जफत गरेको भिडियो मिडियामा नल्याउन दबाव दिँदै मतदान अधिकृतले चिट चोर्न नमिल्ने भएरै आफूले जफत गरेको बताइन् ।

पाँच दलीय सत्ता गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमूना मतपत्र बनाएको थियो । सुरक्षाकर्मीले केही मतदाताको गोजीमा नमूना मतपत्रको चिट फेला परेपछि गेटमै च्यातेर फ्यालिदिएका थिए । यद्यपि केहीले भने भने लुकाएर लगेर चिट चोरेर मतदान गरेको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफैँ हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने भन्दै चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने बताए ।