• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भन्नुभएको छ । उहाँले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको पनि बताउनुभयो ।

आज बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घरआँगनका सरकार छान्न नागरिकलाई आग्रह गर्नुभएको हो ।

उहाँले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस