११ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जिप दुर्घटना, १३ को मृत्यु



फाईल फोटो
अ+ अ-

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।

सो सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा जिपमा सवार अन्य १२ जना घाइते भएका छन् ।

घरबाट मतदान गर्न मतदान केन्द्र जाँदै गरेका मतदाताहरु दुर्घटनामा परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म दुई जनाको मात्र सनाखत भएको जनाएको छ ।

दुर्घटनामा घाइते ११ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ ।