११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई आयोगको ८ घन्टे स्पष्टिकरण



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै प्रचण्डलाई यो स्पष्टिकरण सोधेको हो । बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता विपरीत हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको समयले आठ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ’ आयोगले पठाएको स्पष्टीकरणमा भनिएको छ ।