५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ ।

अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ । रासस