७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।

महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम भइरहेको बताउनुभयो । “मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्” उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।” उहाँका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ ।

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादकपदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणका पुगेको जनाइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । जिल्लाका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् ।
निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षार्थ कञ्चनपुरमा झण्डै तीन हजारको संख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउने कार्य भइरहेको उहाँको भनाई छ ।