८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडमा महँगी अचाक्ली



अ+ अ-

काठमाडौं । दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् ।

खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ ।

‘पछिल्लो समय समग्र मूल्यवृद्धि ५ देखि १० प्रतिशत छ,’ संघका महासचिव अमुलकाजी तुलाधरले भने, ‘खाने तेलको मूल्य भने एक सय रुपैयाँ बढेको छ ।’ गेडागुडीमा पनि आयातकै भर पर्नुपरेको छ । ‘कृषिप्रधान मुलुक भनिए पनि सबै आयात हुन्छ, यहाँ ५/७ जनाको कार्टेलिङ चल्छ,’ उनले भने, ‘तर मूल्य बढ्नुको कारण सरकारले अझै पत्ता लगाउन सकेको छैन ।’

चामलमा पनि नयाँ धान नआउन्जेल मूल्य बढ्ने उनको भनाइ छ । संघको तथ्यांकलाई राष्ट्र बैंकको विवरणले पनि पुष्टि गर्छ । चालु आर्थिक वर्षको साउनमा तेल र घिउको मूल्य २९.०७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष तेल र घिउको मूल्यवृद्धि ६.४८ प्रतिशत मात्रै थियो । साउनमा मात्रै समग्र मूल्यवृद्धि ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत थियो ।

नेपाल वनस्पति घिउ–तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले भने पूर्णतः परनिर्भर हुनुपरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा यहाँ पनि त्यसको प्रभाव पर्ने गरेको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य दोब्बर पुगेकाले सोहीअनुसार यहाँ मूल्य बढेको उनको भनाइ छ । भाडा वृद्धि, तेलको सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्यवृद्धि भएको उनले बताए ।, यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।