८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै खुलेनन् नाकाः पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द



अ+ अ-

काठमाडौं । गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे । सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो । उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे । नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के ।

सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन् । सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन् । पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ । जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ । तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ ।

प्रदेश १ को प्रमुख नाका विराटनगरमात्र नभई प्रदेश २ को प्रमुख नाका वीरगन्जको अवस्था पनि उस्तै छ । बन्द नाका नखुल्दा सवारीसाधन लिएर वारपार गर्न रोक छ । ०७६ चैत ११ गतेदेखि बन्द भएको विराटनगरस्थित रानी नाका ०७८ साउन २७ गतेदेखि खुकुलो पारिएको छ । पैदल यात्रीका लागि नाका खुकुलो पारिए पनि सवारी आवागमनमा रोक यथावत छ । नाकाका ढाट दुवैतर्फ बन्द रहे पनि पैदल यात्रुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आउजाउ गर्न दिइएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।