काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।
कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो । केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।