१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको नेता रावलको भनाइ



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको भन्दै अहिले तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया नेपाल आउने बताउनुभएको छ ।

एमसीसी अनुमोदनको परिणामले नेपालको स्वतन्त्र परराष्ट्र नीति सकिएको हो त भनी उहाँले प्रश्न गर्नुभएको छ ।

नेता रावलले ट्विटमा भन्नुभएको छ, “एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको छ।अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया आउने रे। यो नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त ? एमसीसीको एउटा परिणाम। स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?”