५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

गाउँगाउँमा बढ्यो चुनावी चहलपहल

गाउँगाउँमा बढ्यो चुनावी चहलपहल
अ+ अ-

बनेपा । निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त गरेपछि जिल्लाका १३ वटै स्थानीय तहमा चुनावी माहोल ह्वात्तै बढेको हो ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ३० गते मतदाताले आफूलाई मनपर्ने दल र उम्मेदवारलाई मतदान गर्दैछन् । सोही क्रममा उम्मेदवार, उम्मेदवारका समर्थकलगायत गाउँको टोलटोलदेखि सहरबजारका मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । नेकपा ९एमाले० काभ्रेपलाञ्चोकको प्रचार विभाग उपप्रमुख भोजराज तिमल्सिनाले अहिले पार्टीपङ्क्ति र उम्मेदवार आ–आफ्नो पालिकामा केन्द्रित भएर घरदैलो अभियानमा सहभागी भएको बताउनुभयो ।

“उम्मेदवारको टुङ्गो लागेपछि प्रचारप्रसार गर्न घरदैलोमा जाने अभियान चलेको छ”, उहाँले भन्नुभयो । एमालेले पालिकास्तरमा निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मतदाताको घरदैलोमा पुगेर अभियान सञ्चालन गरिरहेको छ ।

बाम लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवार टङ्गो लगाएसँगै मत माग्न अभियान सञ्चालन गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले स्थानीय तहको निर्वाचन भएकाले जिल्लाको सबै पालिकामा पालिकास्तरको निर्वाचलन परिचालन कमिटी गठन गरेर उम्मेदवारसहित घरदैलो अभियान भइरहेको बताउनुभयो । साझा एजेण्डासहितको सङ्कल्पपत्र जारी गर्दै जनताको बीचमा पुगेर प्रतिबद्धतासहितको सङ्कल्प लिएर मतदाताको घर आँगनमा जानेक्रम जारी छ ।

डाँडापारिस्थित महाभारत गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी गठन गरेर त्यसले निर्वाचनसम्बन्धी बैठक, वडाकमिटी परिचालन जनपरिचालनदेखि आवश्यक छलफल बैठक सम्पन्न गर्दै २१ गतेदेखि २७ गतेसम्मको लागि वडा–वडामा घरदैलो अभियान सञ्चालन तालिका बनाएर अघि बढिरहेको बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक सुजन लामाले बताउनुभयो । गठबन्धनका तर्फबाट सहसंयोजकमा देवराज योञ्जन रहेको समितिले आवश्यक तयारी र परिचानको काममा केन्द्रित भएर चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै खानीखोला गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन, एमाले र स्वतन्त्रका उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । खानीखोला बाम–लोकतान्त्रिक संयुक्त गठबन्धनको प्रचार विभाग सदस्य राजन अधिकारीले पालिका र वडास्तरको छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाको गठबन्धन दलका नगर प्रमुखका उम्मेदवार कुन्साङ लामा र उपप्रमुखका उम्मेदवार रत्न लामाले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने अठोटका साथ कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारको नारासहित निर्वाचनमा साझा सङ्कल्पपत्र सार्वजनिक गर्दै घरदैलो अभियान सञ्चालन गरेका छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, तेमाल भुम्लु, चौरीदेउराली, रोशीलगायत पालिकामा समेत आफ्नो निर्वाचन चिन्हसहित उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । रासस