• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

गाउँगाउँमा बढ्यो चुनावी चहलपहल



बनेपा । निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त गरेपछि जिल्लाका १३ वटै स्थानीय तहमा चुनावी माहोल ह्वात्तै बढेको हो ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ३० गते मतदाताले आफूलाई मनपर्ने दल र उम्मेदवारलाई मतदान गर्दैछन् । सोही क्रममा उम्मेदवार, उम्मेदवारका समर्थकलगायत गाउँको टोलटोलदेखि सहरबजारका मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । नेकपा ९एमाले० काभ्रेपलाञ्चोकको प्रचार विभाग उपप्रमुख भोजराज तिमल्सिनाले अहिले पार्टीपङ्क्ति र उम्मेदवार आ–आफ्नो पालिकामा केन्द्रित भएर घरदैलो अभियानमा सहभागी भएको बताउनुभयो ।

“उम्मेदवारको टुङ्गो लागेपछि प्रचारप्रसार गर्न घरदैलोमा जाने अभियान चलेको छ”, उहाँले भन्नुभयो । एमालेले पालिकास्तरमा निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मतदाताको घरदैलोमा पुगेर अभियान सञ्चालन गरिरहेको छ ।

बाम लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवार टङ्गो लगाएसँगै मत माग्न अभियान सञ्चालन गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले स्थानीय तहको निर्वाचन भएकाले जिल्लाको सबै पालिकामा पालिकास्तरको निर्वाचलन परिचालन कमिटी गठन गरेर उम्मेदवारसहित घरदैलो अभियान भइरहेको बताउनुभयो । साझा एजेण्डासहितको सङ्कल्पपत्र जारी गर्दै जनताको बीचमा पुगेर प्रतिबद्धतासहितको सङ्कल्प लिएर मतदाताको घर आँगनमा जानेक्रम जारी छ ।

डाँडापारिस्थित महाभारत गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी गठन गरेर त्यसले निर्वाचनसम्बन्धी बैठक, वडाकमिटी परिचालन जनपरिचालनदेखि आवश्यक छलफल बैठक सम्पन्न गर्दै २१ गतेदेखि २७ गतेसम्मको लागि वडा–वडामा घरदैलो अभियान सञ्चालन तालिका बनाएर अघि बढिरहेको बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक सुजन लामाले बताउनुभयो । गठबन्धनका तर्फबाट सहसंयोजकमा देवराज योञ्जन रहेको समितिले आवश्यक तयारी र परिचानको काममा केन्द्रित भएर चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै खानीखोला गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन, एमाले र स्वतन्त्रका उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । खानीखोला बाम–लोकतान्त्रिक संयुक्त गठबन्धनको प्रचार विभाग सदस्य राजन अधिकारीले पालिका र वडास्तरको छुट्टाछुट्टै चुनावी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाको गठबन्धन दलका नगर प्रमुखका उम्मेदवार कुन्साङ लामा र उपप्रमुखका उम्मेदवार रत्न लामाले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने अठोटका साथ कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारको नारासहित निर्वाचनमा साझा सङ्कल्पपत्र सार्वजनिक गर्दै घरदैलो अभियान सञ्चालन गरेका छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, तेमाल भुम्लु, चौरीदेउराली, रोशीलगायत पालिकामा समेत आफ्नो निर्वाचन चिन्हसहित उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । रासस