५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि
अ+ अ-

म्याग्दी । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र््याइएको छ । नेपाल पश्मिना उद्योग सङ्घद्वारा विश्व व्यापार सङ्गठन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा काजिकिस्तानको प्रविधि र सीप भित्र््याइएको हो ।
च्याङग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्र््याएर त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“नेपालमा अहिलेसम्म परम्परागत तरिकाले ऊन निकाल्ने चलन थियो,” उहाँले भन्नुभयो “काजिकिस्तानबाट प्रशिक्षक बोलाएर ऊन निकाल्ने सीप र प्रविधि भित्र््याएका हौँ ।” च्याङ्ग्राको स्वास्थ्यमा असर नपर्ने गरेर ऊन निकाल्न मिल्ने काइयो नेपालमै पहिलो पटक मुस्ताङमा भित्र्याइएको उहाँले बताउनुभयो ।

सो काइयोको प्रयोगबाट ऊन निकाल्ने सीप सिकाउन लोमान्थाङमा ३५ जनालाई काजिकिस्तानका सविरले प्रशिक्षक प्रशिक्षण दिनुभएको छ । तालिम लिएका किसानसहितको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाको सात स्थानमा २५ देखि ३० किसानलाई तालिम सञ्चालन गरेका छन् । सो तालिममा मनाङका दुई किसानसमेतको सहभागिता थियो ।

तालिमका सहभागी किसानलाई नयाँ प्रविधिमार्फत ऊन निकाल्ने काइयो वितरण गर्ने तयारी छ । सङ्घले मङ्गोलिया र चीनबाट ल्याउने पश्मिनाको कच्चापदार्थको आयात घटाएर आत्मनिर्भर बन्नका लागि मुस्ताङ, डोल्पा र मनाङको ऊन प्रशोधन गरेर पश्मिना बनाउने धागो उत्पादन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योगसमेत सञ्चालनमा ल्याएको छ ।

मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर डोल्पाको समेत रु एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरिएको छ । सीप र प्रविधि भित्रिएपछि मुस्ताङमा वार्षिक दश हजार किलो ऊन सङ्कलन गर्न सकिने लोमान्थाङका किसान एवं नेपाल फाइवर प्रोसेसिङ उद्योगका सञ्चालक छिरिङ वाङ्दी गुरुङले बताउनुभयो ।

उद्योगले मुस्ताङको लोमान्थाङमा जग्गा भाडामा लिएर ऊन सङ«कलन केन्द्र निर्माण थालेको छ । केन्द्र तथा स्थानीयद्वारा भुवा उत्पादनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, सहसचिव गोविन्दबहादुर कार्की, विश्व व्यापार सङ्गठनका नेपाल प्रमुख माथियाज नाप्के, निर्देशक डा विदुर घिमिरे, नेपाल व्यापार प्रवद्र्धन केन्द्रका निमित्त निर्देशक सुयस खनाल, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगडको टोलीले आइतबार अनुगमन गरेको थियो ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना व्यवसायी भीमप्रसाद शेरचनले बताउनुभयो ।

मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घट्ने उहाँले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । यसअघि च्याङ्ग्राको शरीरबाटै ऊन झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजाने गर्छन् ।

कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुनसकेको थिएन । प्रतिकिलो अप्रशोधित ऊनको सदरदर मूल्य रु चार हजार ५०० मा खरिद गर्ने सङ्घले जनाएको छ । वैशाख–जेठ महिना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ ।
च्याङ्ग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चांैरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले ५२ हजार च्याङग्रा पालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । रासस